बिचार

तिमी जनयुद्ध दिवस मनाउ हामी युद्धकाे पीडा पिउँदै छाै

माघ २९, 2075    कृष्ण अन्जान ज्ञवाली

गुल्मी २९ माघ | कमरेड हरु तपाई जनयुद्धको २४ अाैँ युद्ध मनाउनाेस तर हामी युद्धकाे पीडा पिउँछाै ।
यतिवेला फेरि जनयुद्ध दिवसका राता टीका लगाउने तयारिमा कमरेड हरु रहँदा त्यहि जनयुद्धकाे पीडा लिएर बाेकेर बाँच्ने हरुका पीडा अनगिन्ति छन ।
युद्ध अाफैमा एउटा पीडा थियाे जसलाइ पर्याे त्यसैले मात्र  बेहाेर्याे ।

गुल्मीको थाेर्गामा बस्ने यमकला ज्ञवाली त्यहि जनयुद्धकि प्रतिनिधि पात्र हुन जस्ले युद्धले दिएकाे पिडाका अाशु बाेकेर बाँच्दैछिन ।
२०६० साल कार्तिक ९ गते उनका श्रीमान भाेजराज ज्ञवालीलाई युद्धकाे गाेलिले ढाल्याे ।निरपराध भाेजराज   ज्ञवाली नवलपरासीकाे सुनवलमा सामान्य पसल गर्थे दुखजिलाे गरि अाफ्ना २ श्रीमती सहित अाधा दर्जन छाेरा छाेरीलाइ पाल्थे न कुनै राजनिती न कुनै अपराध तर माअाेवादिकाे गाेलीले उनकाे जिन्दगी खाेस्याे ।

करिव १५ बर्ष भयाे भाेजराजकि जेठि श्रीमती यमकला ज्ञवाली थाेर्गामा अाशु बगाउँछिन र कान्छि श्रीमती सीता ज्ञवाली सुनवलमा अाँशु बगाउँछिन ।
यि करिव डेढ दशक पिडाका अाँशुले याे परिवारका अाँखा अाेभाना छैनन ।
राज्यले फर्केर हेर्दैन एउटा बस्ने बाँस छैन डेरामा बसेकाे १५ वर्ष भयाे सुनवलकी मा बस्ने भाेजराजकि कान्छी श्रीमति सीता ज्ञवालीले पीडा पाेखिन ।

उता गुल्मीकाे थाेर्गामा पुरानाे पुर्ख्याेौली घरमा बस्ने भाेजराजकि जेठी श्रीमती यमकला ज्ञवालीलाइ अाफुले कुरेकाे घर जिर्ण भएकाे चिन्ता छ ।सरकारले यति घर नया बनाइदिए हुन्थ्याे कसैले हेर्दैन उनकाे गुनासाे छ ।नेता हरु उनकै घर मुनि बाट धुलाे उडाउँदै गाडिमा दाैडिन्छन तर कसैले द्वन्दका यी पात्रलाइ फर्केर हेर्दैन ।

समय बित्छ हरेक वर्ष जनयुद्ध दिवसका राता टीका लगाइन्छ ,जितकाे जस्न मनाइन्छ अझै यसपटक जस्ले सरकारकाे नेतृत्व गर्दछन उनी हरुनै जनयुद्धका नाइके काे हैसियतले जनयुद्ध दिवस मनाउने तरखरमा छन तर यमकाला ज्ञवाली र सीता ज्ञवालीका अाँशु पुछ्ने कुरा उनिहरुकाे मनमा कहिले अाउँछ ।
जनयुद्धका राता टिक लगाउँदैमा जनयुद्ध दिवसकाे  सार्थकता  हुँदैन ।जनयुद्ध दिवसकाे सार्थकता यमकला र सिताका अाँशु पुछ्न पुगे मात्र हुनेछ ।

1 प्रतिकृयाहरू प्राप्त

Prakash adhikari लेख्नुहुन्छ | 8 महिना अगाडी

100% Right

तपाईंको मत

To Top