प्रविधि

विश्वभर चलेन युट्युब , सामाजिक सञ्जालमा हङ्गामा

असोज ३१, 2075    बुटवल पोस्ट

एजेन्सी। विश्वभर सबैभन्दा बढी प्रचलनमा आएको अनलाइन वेभसाइट युट्युबमा समस्या देखिएको छ। एक दुई घण्टा अगाडि सम्म राम्ररी चलिरहेको युट्युबमा एक्कासी समस्या देखिएको हो। युटुबमा कनुैपनि भिडियो चलको छैन इरर देखिएको छ। अहिले युट्युब पूर्णरुपमा डाउन भएको छ।

जसको विश्वभर रहेका युट्युब प्रयोगकर्ताहरुले यस समस्याबारे ट्वीटरलगायत विभिन्न अन्य सामाजिक संजालमार्फत गुनासो गरिरहेका छन्। युट्युबमा यस्तो समस्या पहिले देखिएको थिएन। यद्यपी यस्तो समस्या आउनुको कारण भने अझै पनि पत्ता लाग्न सकेको छैन।

यस समस्याबारे युट्युबले आधिकारिक बयान भने दिएको छैन। युट्युबले पनि यस समस्याको कारणबारे केही बताएको छैन तर आफूहरुलाई समस्याबारे  जानकार भएको ट्वीटरमार्फत बताइएको छ। ट्वीटरमा युट्युबले लेखेको छ– युट्युबमा समस्या देखिएको जानकारी दिनु भएकोमा धन्यवाद छ, हामी यस समस्याको हल गर्न प्रयास गरिरहेका छौ।

युट्युब एक यस्तो वेबसाइट हो जहाँ भिडियोहरु अपलोड गरी अरु मानिसहरुसँग सेयर गर्न सकिन्छ। कुनै लगानी बिनानै युट्युबबाट राम्रो आम्दानी हुने हुँदा पछिल्लो समय नेपालमा पनि यसको मोह बढ्दो छ। तर आज युट्युबमा आएको समस्याले गर्दा पक्कै पनि विश्वभर छरिएर रहेका यसका प्रयोगकर्ताहरु निराश भएका छन्।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top