प्रविधि

सि एस आइ टि एन्ट्रान्स अब आफ्नै मोबाइलबाट, डेभ्लपर आवाज ज्ञवाली

भाद्र १२, 2075    सुमन न्यौपाने

बुटवल, भाद्र १२ (बुटवल पोस्ट) | आवाज ज्ञवालीले नेपालमा पढाइ हुने बि.एस.सि (सि.एस.आइ.टि) कोर्सको एउटा एप्लिकेसन तयार गरेका छन् । उक्त एप्लिकेसनको नाम सि.एस.आइ.टि एन्ट्रान्स हो।

उनले यो एप्स अफै बनएता पनि , ब्रायनेन्ट्स टेक्नोलोजी प्रा.लि ले यसलाइ अहिले चलाइरहेको छ र उक्त कम्पनीले अहिले सम्म ९ वोटा एप्स को निर्माण गरेको फाउन्डर ज्ञवाली भन्छ्न । यो एप्लिकेसनबाट अब पढ्न चहाने धेरै विद्यार्थीका लागि सहयोगी पनि रहेको उनी बताउँछन् । "मैले भोगेको दुख बाट अरुलाइ मैले जस्तो दुख भोग्न नपरोस् भनेर मैले यो एप्लिकेसन बनाएको हो , मलाई थाह थिएन कसरी फोर्म भर्ने कहाँ गएर भर्ने अनि एन्ट्रान्सको लागि कस्तो प्रस्नहरु पढ्ने , त्यसकारण मैले यो एप्लिकेसनमा यी सबै चिज को उतर दिनेगरी यस्को निर्माण गरेको हो " ज्ञावालि भन्छ्न ।

उनी अहिले काठमाडौको अमृत क्याम्पसमा सि.एस.आइ.टि अन्तिम बर्ष पढिरहेका छन ।  उनले ६-७ वोटा एप्लिकेसन पनि बनाइसकेका छन । यो एप्लिकेसन मैले आफै नै बनाएको हो , करिब ५ महिना जति लागेको थियो यो बनाउदा ,आफै बनाएर होला त्यति आर्थिक खर्च पनि भएन , पहिलो बर्ष ११०० जनाले यो एप्लिकेसन चलाएका थिए , दोस्रो बर्ष १७०० र अहिले तेस्रो बर्षमा छ अहिले ३००० ले यो एप्लिकेसन पर्योग गरेको उनी भन्छ्न ।

यो एप्लिकेसन बाट धेरै कुराहरू जान्न र बुझ्न सकिने रहेको छ । सि.एस.आइ.टि  पढाइ हुने नेपालका सबै कलेजको नाम,ठेगाना र नक्सा समेत उल्लेख रहेको छ । बिगतका वर्षहरुका प्रश्न र केही मोडेल प्रश्नहरु समेत यस्मा रहेका छ्न जसबाट विद्यार्थीलाई धेरै नै फाइदा मिलेको छ् र अहिले यो एप्लिकेसन +४००० जना ले चलाइरहेका छ्न।

उनि भन्छ्न "म यहि कोर्स पढ्ने भएर मैले सुरुमै यो एप्लिकेसन बनाएको हो र अब आउदा दिनहरुमा अरु कोर्स जस्तै (आइ.वो.एम) र (आइ.वो.इ)को समेत यस्तै एप्लिकेसन बनाउने योजना लिएको छु ।"

 

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top