फेसन

सुन्दर महिलासँग कसरी नजिक हुने ? यस्ता छन् पाँच ‘टिप्स’

कार्तिक २८, २०७४    बुटवल पोस्ट

मानुम्, कि तपाईंलाई कुनै सुन्दर युवती मन पर्यो । उनीसँग पहिला तपाईं मित्रता अघि बढाउन चाहनुहुन्छ । वा, उनीसँग माया बसे आफ्ना कुरा भन्न चाहनुहुन्छ । तर, त्यसका लागि त पहिला उनीसँग नजिक हुनुपर्यो । उनीसँग बोलचाल सुरु हुनुपर्यो ।
तब मात्रै त अरू कुरा अघि बढ्ने भए । त्यो बेला तपाईंलाई मन परेकी सुन्दर युवतीसँग नजिक हुन गाह्रो भयो या प्रभावकारी रूपमा कसरी उनको मन जित्ने भन्ने तरिका पुगेन भने सम्बन्ध बन्न नपाई भत्किन सक्छ ।
सुन्दर स्त्रीसँग कसरी नजिक हुने ? यहाँ हामीले पाँच टिप्स तपाईंलाई दिएका छौं, जुन तपाईंका लागि कामकाजी हुनसक्छन् ।

पहिलो– आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्

सामान्यतः यो कुरा सबैले सुनेकै हुन्छन् । तर, सुने पनि धेरैजसोले भने खयाल गरेका हुँदैनन् । आँखामा आँखा राखेर कुरा गर्नुको प्रभाव निकै फरक हुने बताइन्छ । यदि तपाईंलाई कस्तो–कस्तो वा अप्ठेरो लागिरहेको छ भने यताउता आँखा दौडिन्छन् ।
तर, कुराकानीक्रममा यसो गर्नु ठीक होइन । आँखामा आँखा राखेर कुरा गर्नुस्, यसको प्रभाव नाटकीय हुन्छ । तर, यसको अर्थ यो होइन कि– उनलाई एकोहोरो घुरेर अनुहारमा हेर्नुस् ।

दोस्रो– बडी ल्यांग्वेजको प्रभाव अझ बढी

कुनै पनि सुन्दर स्त्रीलाई आफूप्रति आकर्षित गर्नमा तपाईंको व्यक्तिगत हाउभाउ र भावभंगीमाले भूमिका खेलेको हुन्छ । तपाईंले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वलाई ती युवतीले ख्याल गरिरहेकी हुन्छिन् । प्रायः युवती आत्मविश्वासी र हँसिलो मुद्रामा गरेको कुराकानी मन पराउँछन् ।

तेस्रो– हाँसी–मजाक अनिवार्य

बेला–बेला हाँसो तथा ठट्यौली गर्ने स्वभावका पुरुषसँग युवतीहरू चाँडै आकर्षित हुन्छन् । तर, यसको अर्थ जथाभावी र जे कुरामा पनि हाँस्नु भन्ने होइन । समय–समयमा विभिन्न तरिकाले हाँसोको विषय निकाल्न र वातावरण रामाइलो बनाउन सक्ने पुरुषप्रति युवती चाँडै नजिक हुन्छन् ।

चौथो– मौनता पनि आवश्यक हुन्छ

यस्तो पनि गर्नुस् कि– कुनै पनि कुरा गरिसकेपछि केही समय मौन रहनुस् । प्रतिक्रिया सुन्नुहोस् । सकेसम्म हाँसी–मजाकका साथ कुरा सेयर गर्नुस् ।
तर, जतिसुकै बेला फतर–फतर बोलिराख्ने युवकलाई महिलाले राम्रो ठान्दैनन् ।

पाँचौं– आफ्ना भन्नुहोस् र सुन्नुहोस् पनि

युवतीसँग बस्दा वा कुराकानी गरिरहँदा तपाईं एकोहोरो नबोल्नुहोस् । त्यसो भयो भने लय बिग्रिन्छ । यदि तपाईं बसेको ठाउँमा आफू मात्रै बोलिराख्नु भयो र कुरा थपिराख्नु भयो भने युवती बिच्किन्छन् ।
आफ्ना कुरा राखिसकेपछि उनका कुरा पनि सुन्न आवश्यक हुन्छ । आफ्ना कुरा भन्नुहोस्, अनि उनको प्रतिक्रिया सुन्नुहोस् । तब सम्बन्ध नजिक हुन्छ ।
तपाईको प्रतिक्रिया

1 प्रतिकृयाहरू प्राप्त

Noemi लेख्नुहुन्छ | 7 महिना अगाडी

Hi there mates, pleasant article and fastidious urging commented at this place, I am genuinely enjoying by these. webpage 100mg viagra without a doctor prescription

तपाईंको मत

To Top