राजनीति

बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि...........

असार १९, २०७४    Maniratna Bhandari

- बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि...........

बुटवल उपमहानगरपालिकाको अहिले सम्म ३०९११ मत गन्दाको  मतपरिणम अनुसार बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि रहेका छन् भने उनलाई काङ्ग्रेस माओवादि गठबन्धनका खेलराज पाण्डेले पच्छाईरहेका छन् । एमालेलाई १४७५९ मत पाप्त भएको छ भने गठबन्धनलाई १२५०६ मत प्राप्त गरेको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेलेनै लिड गरिरहेको छ । एमाले उम्मेद्वार गोमा आचार्यले १६१४९ मत प्राप्त गरेकी छन् भने गठबन्धनका जगत पोखरेलले ८८३० मत प्राप्त गरेका छन् ।

अहिले बुटवलको वडा नम्बर ११  को मतगणना भईरहेको छ ।  वडा अध्यक्षमा एमालेका रामचन्द्र क्षेत्रीले ३४५८ मत प्राप्त गरेका छन्  भने कांग्रेसका सावित्रा तण्डनले १४३२ मत प्राप्त गरेकी छन्  । 

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top