बुटवल उपमहानगरपालिकाको ताजा मतपरिणम अनुसार बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी अगाडि रहेका छन् भने उनलाई काङ्ग्रेस माओवादि गठबन्धनका खेलराज पाण्डेले पच्छाईरहेका छन् । एमालेलाई ८ हजार ७ सय ८७ मत पाप्त भएको छ भने गठबन्धनलाई ८ हजार १ सय ३७ मत प्राप्त गरेको छ ।
यस्तै उपप्रमुखमा पनि एमालेलेनै लिड गरिरहेको छ । एमाले उम्मेद्वार गोमा आचार्यले ९ हजार ६ सय २०मत प्राप्त गरेकी छन् भने गठबन्धनका जगत पोखरेलले ५ हजार ८ सय ५ मत प्राप्त गरेका छन् ।
अहिले बुटवलको वडा नम्बर ८को मतगणना भईरहेको छ । १३ सय मत गन्दा वडा अध्यक्षमा एमालेका भिम बहादुर श्रेष्ठले ६ सय ७२ मत प्राप्त गरेका छन् भने कांग्रेसका राधेश्याम राज भण्डारी ले ४ सय ९७ मत प्राप्त गरेका छन् ।
बुटवलमा वडा नम्बर १ देखि ७ सम्मको नतिजा आईसकेको छ । जसमा नेकपा एमाले बिजयी बनेको छ । हाल सम्म १९ हजार २ सय ९० मत गणना भएको छ । बुटवलमा करिब ५० हजार मत खसेको छ ।
0 प्रतिकृयाहरू प्राप्त
तपाईंको मत